दफा ५०
करार गरी उत्पादन गर्न सक्ने
(१) समान उद्देश्य लिई प्रचलित कानून बमोजिम दर्ता भएका उद्योग, फर्म, कम्पनी वा-प्रतिष्ठानले एकआपसमा करार (कन्ट्रयाक्ट) वा उपकरार (सब- कन्ट्रयाक्ट) गरी वस्तु वा सेवाको उत्पादन- गर्न वा गराउन सक्नेछन्‌।

(२) कुनै निर्यातमूलक उद्योगको लागि तोकिए बमोजिमको मापदण्ड पूरा गरी उपदफा (१) बमोजिम करार (कन्ट्रयाक्ट) वा उपकरार (सव-कन्ट्रयाक्ट) का आधारमा निश्चित परिमाणमा वस्तु वा सेवाको उत्पादन गरिदिएमा त्यस्तो उद्योगलाई पनि तोकिए बमोजिमको प्रोत्साहन, छुट, सुविधा र सहुलियत उपलब्ध गराउन सकिनेछ।

(३) करार (कन्ट्रयाक्ट) वा उपकरार (सब-कन्ट्र्याक्ट) गरी उत्पादन गर्न सकिने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।